२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ नारी समाज पोर्चुगलको एकदिने व्यक्तित्व विकास तालिम सम्पन्न

नारी समाज पोर्चुगलको एकदिने व्यक्तित्व विकास तालिम सम्पन्न

पुनम गौतम, लिस्बन।

नेपाली नारी समाज पोर्चुगलले ११० औ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको पूर्वसन्ध्यामा महिलाहरुलाई लक्षित गरी एकदिने व्यक्तित्व विकास तालिम सम्पन्न गरेको छ ।

पोर्चुगलमा बसोबास गर्नुहुने नेपाली दिदिबहिनीहरुलाई परदेशी भुमिको बसाई सहज बनाउन खेल्ने मुख्य भुमिकामा आफ्ना कुराहरु स्पष्ट राख्न सकुन् भन्ने उद्देश्य सहित आईतबार लिस्बनमा भएको कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागीता रहेको थियो । आफ्नो विकास नभएसम्म समाज विकासको क्षेत्रमा सहजै भूमिका निर्वाह गर्न नसकिने हुदा व्यक्तित्व विकासमा जोड दिनुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

लामो समयदेखि पत्रकारितामा सम्लग्न पत्रकार यादव देवकोटाले प्रशिक्षण दिनुभएको तालिममा उल्लेख्य मात्रामा महिलाहरुको सहभागिता रहेको थियो । लामो समय आफुले पत्रकारीता क्षेत्रमा बिताएका अनुभव आदान प्रदान गर्दै, विदेशमा महिलाहरुमा पर्ने प्रभाव, अभाव र दवाबका अनुभव सहित आईपर्ने चुनौतीलाई कसरी सामना गरेर अघि बढ्ने लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । साथै नेपाली नारी समाज पोर्तुगलले महिलाहरुको क्षमता विकासका लागि आयोजित तालिमले क्षमता अभिवृद्धिका लागि ठूलो भूमिका निर्वाह गर्ने प्रशिक्षार्थीहरुले बताएका छन् ।

विगतका वर्षहरुदेखि महिलाहरुको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आईरहेको नेपाली नारी समाज पोर्तुगलले नारी दिवसको अवसरमा वृह्त कार्यक्रमहरु गर्ने समेत जनाएको छ ।

अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि समाजले महिलाहरु लक्षित गर्दै बालबालिका लक्षित मातृभाषा शिक्षा, हाउस किपिङ्, नेल आर्ट, लगायतका सामाजिक कार्य गर्दै आईरहेको छ । तालिमलाई एनआरएनए पोर्तुगल, मेरो सारी बुटिक, समाजसेवी शोभा कार्की, दरवार रेष्टुरेष्ट लगायतको सहयोगमा आयोजित तालिममा फोटोपत्रकार अर्जुन जैसवालले आफ्ना अनुभवहरु समेत प्रदान गर्नुभएको थियो ।

समाजकी सचिव पुनम गौतमले सञ्चालन गर्नुभएको कार्यक्रम समाजकी कार्यवहाक अध्यक्ष मिनामाया खरेलको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु