२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ निर्देशक थापा र संचारक्रमी कटुवाल वैवाहितक बन्धनमा

निर्देशक थापा र संचारक्रमी कटुवाल वैवाहितक बन्धनमा

निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन्। गत २१ भदौमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए।

शुक्रबार उपत्यकाको एक ब्याङ्कवेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका हुन्।

सुदर्शनको विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित छन्। निर्देशक दिनेश राउत, अभिनेत्री वर्षा शिवाकोटी, संगीतकार अर्जुन पोखरेल, मोडल राज कटवाललगायत सुदर्शनका नजिकका फिल्मकर्मीको मात्र उपस्थिति रहेको छ।

यद्यपि फिल्मकर्मी आउने क्रम रहेको विवाहमा सहभागी एक कलाकारले बताए।

सुदर्शनले विवाहको प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडौंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु