२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ निर्वतमान कार्यसमितिले पोर्चुगलको एनआरएनए इतिहासमा सबैभन्दा धेरै रकम हस्तान्तरण गर्यो

निर्वतमान कार्यसमितिले पोर्चुगलको एनआरएनए इतिहासमा सबैभन्दा धेरै रकम हस्तान्तरण गर्यो

गैरआवासीय नेपाली संघ पोर्चुगलको इतिहासमा नै सबैभन्दा बढी रकम (३०,१७८.५४ युरो) बचत गरेर २०२१-२३ को कार्यसमितिको तर्फबाट नवनिर्वाचित कार्यसमिति(२०२३-२५) लाई बरबुझारथ र कागजातहरु हस्तान्तरण गरेको छ।

हिजो ३ सेप्टेम्बरका दिन नवनिर्वाचित कार्यसमितिको बैठकमा बरबुझारथ तथा कागजात र प्रतिवेदनहरु हस्तान्तरण गरेको निवर्तमान महासचिव तथा नवनिर्वाचित आइसिसी सदस्य राजकुमार थापाले जानकारी दिए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगल सन् २०२१-२०२३ कार्यकालका निवर्तमान अध्यक्ष रविन अधिकारी, सोमफुरि शेर्पा र निवर्तमान महासचिव राजकुमार थापाले नवनिर्वाचित कार्यसमिति (२०२३-२५) का नवनिर्वाचित अध्यक्ष उमेशकुमार खड्का, वरिष्ठ उपाध्यक्ष दीपा काफ्ले, महासचिव भुवन कडेंल, कोषाध्यक्ष राजेन्द्र डुम्रे लगायतलाई नवनिर्वाचित कार्यसमितिको बैठकमा आर्थिक प्रतिवेदन, बैंक कार्ड तथा डकुमेन्ट तथा सम्पूर्ण कागजात बरबुझारथ र कार्यसम्पादन एवं प्रगति प्रतिवेदन हस्तान्तरण कार्य भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु