२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ निर्वतमान गृहमन्त्री लामिछाने भन्छन् :अहिले मसँग कुनै जवाफ छैन

निर्वतमान गृहमन्त्री लामिछाने भन्छन् :अहिले मसँग कुनै जवाफ छैन

रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन्। गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए।

”सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु। मसँग अहिले कुनै जवाफ छैन। म कुनै देशको नागरिक रहेन। मसँग कुनै जवाफ छैन,” उनले भने।

सर्वोच्च अदालतको संवैधानिक इजालासले लामिछानेले विदेश नागरिकता परित्याग गरेपनि नयाँ नागरिकता लिने प्रक्रियामा नगरेको जनाएको छ।

अदालतले नागरिकता नरहेको व्यक्ति सांसदको उम्मेदवार हुन योग्य नरहेको भन्दै पद खारेज गरिदिएको छ।फैसला आएसँगै लामिछानेका समर्थकहरु आक्रोशित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु