गृहपृष्ठ नेकपाका अध्यक्ष प्रचण्डमाथी जुत्ता प्रहार
नेकपाका अध्यक्ष प्रचण्डमाथी जुत्ता प्रहार

जनतामा आशा र भरोसाको बाध टुट्दै गइरहेको अबस्थामा असन्तुष्टि बाहिर देखा पर्नु स्वभाबिक पनि हो।यद्यपि बेक्त गर्ने तरीकाको बिषयमा मत पक्कै बाजिन सक्छ।आज फेरी नेपालका चर्चित राजनितिज्ञ एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड )लाई एक कार्यक्रमका सहभागीले जुत्ताले हानेका छन् ।
उनलाई जुत्ता हान्न प्रयास गर्ने जुम्लाका रतन तिरुवा हुन् ।रास्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा भाग लिन प्रचण्ड त्यहाँ पुगेका थिए।प्रचण्ड आफ्नो संबोधन सकेर सिटमा फर्किने क्रममा तिरुवाले टाढैबाट जुत्ता फ्याकेको भएपनी उक्त जुत्ताले प्रचण्डलाई भने लागेन।घटना भैसकेपछि तिरुवालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।