गृहपृष्ठ नेकपाको विवाद समाधानउन्मुख ,कार्यदलले प्रतिवेदन बुझायो
नेकपाको विवाद समाधानउन्मुख ,कार्यदलले प्रतिवेदन बुझायो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले आज (शनिबार) अपरान्ह प्रतिवेदन बुझाएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यदलले प्रतिवेदन बुझाएको हो।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओेलीका प्रेस संयोजक सूर्य थापाले कार्यदलले प्रतिवेदन बुझाएको बताउनुभयो।
गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो ।
प्रतिवेदनका आधारमा पार्टीभित्रको विवाद समाधान गरेर सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशनमा जाने तयारी भएको बताइएको छ।