२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेकपाको स्थायी समिती बैठक ,विभिन्न अडकलबाजिका बीँचमा नेताहरूले धारणा यसरी प्रस्तुत गरेका छन्

नेकपाको स्थायी समिती बैठक ,विभिन्न अडकलबाजिका बीँचमा नेताहरूले धारणा यसरी प्रस्तुत गरेका छन्

नेकपा स्थायी समितीको बैठकमा सदस्यहरूले दुवै पदबाट राजीनामा मागेपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी ओली तिब्र रूपमा भेटघाटमा जुटेको देखिन्छ।

प्रधानमन्त्री ओलीले तत्कालै राजीनामा दिनसक्ने अनुमान पनि गर्न थालिएको छ। राजीनामा दिने कि नदिने भन्ने बिषयमा छलफल गर्न आफुनिकट सबै नेताहरुलाई उहाँले आफ्नो सरकारी निवासमा बोलाउन थाल्नु भएको छ।धेरैको अनुमान छ:”दुवै पदबाट त भन्न सकिन्न प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद छोड्नसक्ने सम्भावना छ”।

प्रधानमन्त्री निवासमा नेकपा स्थायी कमिटीको बैठक अघिल्लो बुधबारदेखि बस्दै आएको छ।बैठक चलिरहेको समयमा नेकपा र सरकार दुबैको भबिस्यलाई लिएर बिभीन्न अनुमानहरू चलिरहेका छन्।

बिभीन्न मिडीयाहरू मार्फत बिभिन्न बिचारहरू पनि बाहिर आईरहेका छन्।यसै सन्दर्भमा केही महत्वपुर्ण बिचारहरू यहाँ प्रस्तुत गर्न गईरहेका छौ: नेकपा स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटगर्नु सामान्य विषय भएपनि बैठकमा राजीनामाको कुरा उठ्नु, निर्वाचन आयोगमा नेकपा एमाले दार्ता हुनु जस्ता विषयले शंका उब्जाएको बताउनुभयो।

उहाँले पार्टीको आन्तरिक राजनीतिमा राष्ट्रपतिले चासो र चलखेल गर्न नमिल्ने र गरेमा दुर्भाग्य हुने बताऊनु भएको छ।प्रधानमन्त्रीलाई हटाउने कुरा र एक पद कि दुई पद भन्ने कुरा बैठकले निर्णय गर्ने भन्दै ज्ञवालीले संसदीय दल पनि पार्टीकै भएकाले आवश्यक परे केन्द्रीय कमिटीले विधान परिवर्तन गरी नेता परिवर्तन गर्न सक्ने बताउनुभयो।

को कुन पदमा बस्छ भने कुरा अब केन्द्रीय कमिटीले निर्णय गर्ने, आवश्यक परे विधान संशोधन गरी संसदीय दलमा पनि परिवर्तन गर्न सकिने उहाँको भनाई छ।

बरिस्ठ कम्युनिस्ट नेता तथा चिनका पुर्व नेपाली राजदुत टंक कार्की लेख्नुहुन्छ:”पार्टी फुट्नु हुन्न,फुट्दैन।सवै दवाव फोस्रा सावित हुनेछन।जतिखेर वृहत राष्ट्रिय मेलमिलापको खाँचो छ,उल्टो गंगा त्यसै पनि मिथ्या कल्पना हो तर पहिला जस्तो पनि हुँदैन,थिति भित्र सबै बाँधिनु पर्छ।भनाई नै छ नि “अति सर्वत्र वर्जयेत”

मन्त्री योगेश भट्टराईले चिज साकारत्मक दिशामा जाने आशा गरौ भन्नु भएको छ।उहाँको धारणा यस्तो छ:
“पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो।

बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताउनु भयो जुन सकारत्मक् छ। सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्,अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन,विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाब दिनुभएको छ।

चिज साकारत्मक दिशामा जाने आशा गरौ। प्रोक्सी वार बन्द गरौ”।नेकपाका स्थायि समिती सदस्य समेत रहनु भएका मन्त्री भट्टराईले एकता लाई जोड दिदै लेख्नु भएको छ:”आदरणीय कमरेडहरु  एकपटक आँफैलाई हेरौ।अर्कालाई बुझौ।टाढा नजाऔँ नजिक आउँ,संवाद गरौ संवाद”।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि प्रमका विश्वासपात्र गोकुल बाँस्कोटाको धारणा यस्तो रहेको छ:”प्रधानमन्त्रीमाथिका हमलाहरु योजनावद्ध हो।

पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले यसलाई बदनाम, आक्रमण र ध्वस्तको संज्ञा दिदै अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ”

नेकपा सांसद यज्ञराज सुनुवारको संदेश यस्तो रहेको छ:
नेपालको कम्युनिस्ट आन्दोलनलाई यो उचाईमा ल्याउन हजारौं शहिदको बलिदान ,लाखौं कार्यकर्ता अनि सयौं दुरदर्शी नेताको साझा योगदान छ।

विगतमा कम्युनिस्ट आन्दोलनले नेताको ब्यक्तित्वको टकराव, सिद्धान्तको लेपनमा बिभाजनको शिकार हुनु परेको ,हाम्रो अघि ताजा प्रमाण छन्।

जनताले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन दिएको गम्भीर जिम्मेवारीलाई हाम्रो मुल नेतृत्वले बुझेकै हुनु पर्दछ। फुटाउन सबै लाग्छन् ,जुटाउन आफै लाग्ने हो।केही सिमित स्वार्थी कार्यकर्ता बाहेक लाखौं कार्यकर्ता र जनता फुटेको होइन जुटेको हेर्न चाहान्छन्।

जारी स्थायी कमिटीको बैठकले आज सम्मको यात्राको सटिक समिक्षा सहित सुदृढ एकतामा जोड दिदै आगामी दिनकस लागि ठोस योजना ल्याउन सकोस,हार्दिक शुभकामना!

स्थायी समितीको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी),नेपाल भारत सीमा विवाद,कोरोना महामारी तथा रोकथामका उपाय लगायत एजेण्डा समेटिए पनि बैठकमा पार्टी भित्रको आन्तरिक किचलोलाई मुख्य केन्द्रमा राखि छलफलहरु भइरहेका छन्।

बुधबार बिहान निधन हुनुभएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु