२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ नेकपा अब कुन बाटोमा हिड्ला!

नेकपा अब कुन बाटोमा हिड्ला!

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक १० असारबाट सुरु भएको छ।नेकपा अब  कुन बाटोमा हिड्ला! धेरैको चासो बनिरहेको छ यतिखेर।अध्यक्षद्वयले  आफ्नो भनाइ बैठकको पहिलो दिनमा राखे।यतिखेर एजेन्डामा छलफल सुरु भएको छ।

बैठकमा नयाँ एजेण्डा छैनन,उही पूरानै दुई अध्यक्षको कार्यविभाजन, सरकारको समिक्षा, एक ब्यक्ति एक मुख्य जिम्मेवारी, विधान अनुसार पार्टी सञ्चालनका आन्तरिक विषय आदि छन् ।एमसिसि पनि एक वर्ष यता नेकपाको बैठकमा गर्मागर्मी बहसका लागि एउटा गतिलो एजेण्डा बनेको छ।

बुधबारदेखि सुरु भएको स्थायी समितिमा प्रचण्डकै शब्दमा भन्ने हो भने फाइट टु फिनिस गर्नुपर्ने विषय धेरै छ।राजनैतिक बृतमा खासगरी एमसिसिमा नेकपाले के निर्णय गर्ला ? सरकारको कामको समिक्षा बैठकले कसरी गर्ला ? भन्नेमै चासो सवैभन्दा बढी देखिन्छ।

अहिले विवादमा रहेको एमसिसिलाई तत्काल थाती राख्ने, एमसीसी अनुमोदनका लागि समय माग गर्ने र केही समय लिएर नेताहरुले उठाएका विषयमा थप प्रष्टताको खोजी गरेर मात्र अनुमोदनमा जाने गरी विकल्पमा जानुपर्ने निर्णय पनि बैठकमा हुन सक्ने धेरैले अनुमान गरेका छन।

बैठकले पार्टी र सरकारमा सुधारको आवश्यकता महसुस गरेको बुझिन्छ।यो बेला बैठकले सुझबुझपूर्ण निर्णय नगर्ने हो भने नेकपामा ठुलै समस्या आऊने देखिन्छ।एकतावद्ध त्यागनै यतिखेर पार्टी एकताको सन्जीबनीबुटी हुन सक्दछ।

आगामी विकल्पका विषयमा गम्भीर हुँदै प्रचण्डले ‘बैठकमा दुईवटा विकल्प प्रस्तुत गरेको बुझिएको छ। संघर्ष गर्दै जाने वा एकतावद्ध भएर जाने? एकतावद्ध त्यागले मात्र सम्भव छ अहंकारले छैन। पार्टी अध्यक्ष र प्रधानमन्त्रीजी पनि त्यागका लागि तयार हुनुपर्छ। हामी सबैले त्याग गरेमात्र एकता सम्भव छ।त्यसका लागि सबैले जोड दिनु आवश्यक छ।

“एक ब्यक्ति एक पद”सरकारका मन्त्रीहरु हेरफेर,सरकारलाई प्रभावकारी वनाउने विषयमा बहस,एमसीसी अनुमोदनका लागि समय माग गरेर त्यहीभित्र विकल्पको खोजीनै यो बैठकको मिलनविन्दु हुन सक्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु