२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ नेकपा एमालेका अध्यक्ष ओली पुनः प्रधानमन्त्रीमा नियुक्त ,आज अपरान्ह सपथ लिने

नेकपा एमालेका अध्यक्ष ओली पुनः प्रधानमन्त्रीमा नियुक्त ,आज अपरान्ह सपथ लिने

नेकपा एमालेका अध्यक्ष खड्क प्रसाद ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन्।नेपालको संविधान ७६ को दफा ३ अनुसार ठुलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन्।

रास्ट्रपतिले बहुमत जुटाउन दिएको समयसिमा भित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि ओलीलाई प्रधानमन्त्री हुने बाटो खुलेको हो।

नेपालको ४३ औं प्रधानमन्त्री बन्न सफल ओलीले आजै दिउँसो साढे २ बजे रास्ट्रपति समक्ष सपथ लिने छन्।विहिवार दिनभर बहुमत जुटाउन काङ्ग्रेस नेतृत्वको गठबन्धन लागि परेपनि विफल भएका थिए।

यता हिजो साझनै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन ओलीले आग्रह गरेका छन् भने ठाकुरले पार्टीमा सल्लाह गरेर जवाफ दिने बताएका छन्।

जसपाको ठाकुर पक्ष मात्रै सरकारमा सहभागी भएपनि सरकारको बहुमत पुग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु