२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेकपा गुल्मीले तिन महिने अभियान सन्चालन गर्ने

नेकपा गुल्मीले तिन महिने अभियान सन्चालन गर्ने



नेपाल कम्युनिष्ट पार्टी(नेकपा)गुल्मी काे छैठौं पुर्ण वैठक तम्घासमा सम्पन्न भएको छ।बैठकले जिल्ला भित्र तीन महिने पार्टी अभियान संचालन गर्ने लगायतका निर्णयहरु गरिएको बताईएको छ।गुल्मीका प्रत्येक स्थानिय तह सम्म पार्टी लाई मजबुत बनाऊने गरी बिबिध कार्यक्रम हरू आयोजना गरिने बैठकमा सहभागि मुसिकोट नगर कमिटि अध्यक्ष खुमबहादुर थापाले बताऊनु भयो।थापाका अनुसार यस अबधिमा पार्टीको संगठित सदस्यता नबिकरण,पार्टिका जनबर्गिय संगठन हरूको एकता टुंगाऊने,सभा,अन्तरकृया लगायतका कार्यक्रम हरू आयोजना गरिने छ।

कार्यक्रममा उपस्थित बिशिस्ट अतिथि हरू बाट प्रशिक्षण मुलक मन्तब्य राखिएको थियो।बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)स्थायि समिति सदस्य तथा सभासद गोकर्ण बिष्ट रहनु भएको थियो साथै पूर्ब सभामुख तथा नेकपा५नं प्रदेश कमिटि अध्यक्ष ओनसरी घर्ति,रास्ट्रिय सभा सदस्य तथा नेकपा५नं प्रदेश कमिटि सचिब जग प्रसाद शर्मा,केन्द्रिय सदस्य तथा गुल्मी ईन्चार्ज दिनेश पन्थी लगायत बिशेष अतिथिको रूपमा उपस्थिति रहेको थियो।

बैठकको अध्यक्षता जिल्ला कमिटि अध्यक्ष मधुकृस्ण पन्तले गर्नु भएको थियो भने जिल्ला सचिब बिरबहादुर कार्कीको सन्चालन रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु