गृहपृष्ठ नेकपा नेतृ झाँक्री पक्राउ,राजनीतिक तिक्तता बढ्ने संकेत
नेकपा नेतृ झाँक्री पक्राउ,राजनीतिक तिक्तता बढ्ने संकेत

नेपाल प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको बिषयमा अनावश्यक टिकाटिप्पणी गरेको भन्दै झाँक्रीलाई पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो।झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उहाँको निवासमा पुगेका थिए।
प्रकाउ गर्ने क्रममा नेकपा कार्यकर्ताले नाराबाजी समेत गरेका थिए। झाँक्री पक्राउपछि राजनीतिक तिक्तता थप बढ्ने देखिन्छ।