२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ नेपालको कानुन उल्लघंन राज्यबाटै भैरहेको :- बरिष्ठ अधिवक्ता महतो

नेपालको कानुन उल्लघंन राज्यबाटै भैरहेको :- बरिष्ठ अधिवक्ता महतो

युरोप ,
नेपालमा कानुन संचालनकर्ताहरुले नै कानुनको उल्लघन गरिरहेको सर्बोच्च अदालतका बरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतोले बताउनु भएको छ । उहाले नेपालमा समान्य जनताहरुले नियम मिचेमा कानुनी कटघरामा उभिने र नेता कार्यकर्ताहरु उल्लघन गरेपनि राज्यले नै संरक्षण दिएको बताउनु भयो ।

नेपाल पत्रकार महासघं युरोप शाखाको ५६ औ श्रृंखला अन्तरगत नेपाल कानुन दिवसको अवसरमा आयोजना गरेको भर्चुवल कार्यक्रम मार्फत बरिष्ठ अधिवक्ता महतोले जनताहरुसगं जोडिएको आधारभुत कुराहरु राज्यले उपलब्ध गराउनुपर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासघं युरोप शाखाका कर्यसमिति सदस्य दिनेश गौतमको संचालनमा भएको कार्यक्रममा अधिवक्ता महतोले नेपालमा कानुनको पालना भन्दा पैसा र राजनितिक पावर मौलाएको जो भविष्यमा क्यान्सरको रुपमा परिणत हुने बताउदै यस तर्फ सबै जनताहरु सजक हुनुपर्ने आग्रह गर्नु भयो ।

महतोले आफनो लामो करियरमा एउटा उदाहरण दिदै भने एउटा नेताको छोराले नेपालमा समान्य ट्रापिक नियम मिच्यो भने उसले मन्त्रिको पावर लगाउदै जरिवाना तोक्ने प्रहरीलाई कारवाही गराउने सम्म हर्कत गरेको देखेको बताउनु भयो ।

उहाले भन्नु भयो कि यसको मतलब समान्य नेपाली नागरिकहरु अहिले पनि अन्यायमै परेको बताउनु भयो । नेपालको ब्यवस्था राम्रो भएपनि केही सिमित ब्यक्तीहरुको स्वार्थका कारण नेपालको कानुन कम्जोर भएको भन्दै अगामी निर्वाचनहरुबाट सबै समस्याहरु समाधान हुने उहाको भनाई थियो ।

त्यस्तै नेपालमा कानुन बनेपछि अझै जातिय विभेद , छुवाछुत लगाएतका घटना मौलाउनु दुर्भाग्यको कुरा भएको अपराध तथा कमर्सियल सम्बन्धि अधिवक्ता शितल पाण्डे बताउनु भयो । अधिवक्त पाण्डेले राजनितिक आधारमा अपराधिहरुलाई सरकारले आम माफि दिनु , गरिबहरुलाई सानै गल्ती देखाएर ठुलै सजायको भागिदारी बनाउनु भनेको राज्य संचालनकर्ताहरुद्धारा ठुलो विभेद हुनु सरह भएको बताउनु भयो ।

पाण्डेले समाजमा धनीमनि मान्छेले प्रहारी प्रसासनलाई लोभमा पारेर आफनो मान्छेलाई फौजदारी मुद्दाबाट छुटकारा पाएपनि पिडितहरु उपल्लो तहमा गएमा नेपालको कानुनले कुनै पनि अपराधिलाई नछोडिने ब्यवस्था रहेको बताउनु भयो ।

पत्रकार महासघं युरोप शाखाका बरिष्ठ उपाध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा महासघंका उपाध्यक्षद्धय दिल निशानी मगर , प्रेम पोमु लगाएतले सवालहरु गर्नुभएको थियो भने , महासचिव द्रोण रिजाल नेदरल्याण , सचिव कमल पराजुली स्पेन लगाएतको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासघं युरोप शाखाले प्रवास तथा स्वदेशमा रहेको जनताहरुसगं सम्बन्धित समसमायिक विषयमा निरन्तर बहस , अवाजहरु उठाउदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु