गृहपृष्ठ नेपालको चर्चित ब्याण्ड नेपथ्यले क्यानडामा सांगीतिक धमाका गर्ने
नेपालको चर्चित ब्याण्ड नेपथ्यले क्यानडामा सांगीतिक धमाका गर्ने

नेपथ्यले पहिलोपटक क्यानाडाको सांगीतिक धमाका गर्ने भएको छ । अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफुलाई क्यालगरी सहरको ‘दी प्यालेस थिएटर’ मा उभ्याउनेछ । त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुती भ्यानकुभर सहरको ‘दी भोग थिएटर’ मा हुनेछ ।
यी दुवै सहर क्यानाडाको पश्चिमी भेगमा पर्छन् । यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शक माझ हुने नेपथ्यले जनाएको छ । अक्टोबर ८ तारिख, आइतबारका दिन ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै बिख्यात कार्यक्रम स्थल ‘म्यासी हल’मा प्रस्तुत हुनेछ ।
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ ।
क्यानाडाको कन्सर्टमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।
क्यानाडाका तीनवटै सहरहरुमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको पाँच बजे प्रवेश खुला गरिनेछ भने ठीक सात बजे कन्सर्ट सुरु हुने आयोजकले जनाएको छ ।