२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ नेपालको टी २० विश्वकप एसिया छनोटमा बिजयी सुरुवात गर्यो

नेपालको टी २० विश्वकप एसिया छनोटमा बिजयी सुरुवात गर्यो

टी–२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटले हराउँदै सुखद शुरुवात गरेको हो।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे। यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु