गृहपृष्ठ नेपालको राहदानी: सोमालियाभन्दा कमजोर, उत्तर कोरियाभन्दा बलियो
नेपालको राहदानी: सोमालियाभन्दा कमजोर, उत्तर कोरियाभन्दा बलियो

काठमाडौं: नेपालको राहदानी उत्तर कोरियाभन्दा बलियो र सोमालियाभन्दा कमजोर रहेको देखिएको छ। हेन्ली पासपोर्ट इन्डेक्सको पछिल्लो रिपोर्टले नेपालको राहदानी उत्तर कोरियाभन्दा बलियो र सोमालियाभन्दा कमजोर रहेको देखाएको हो।
संसारका १० कमजोर राहदानीको सूचीमा नेपालको राहदानी पनि परेको हो। नेपालसँगै प्यालेस्टाइन, यमन, पाकिस्तान, सिरियासमेत रहेका छन्। इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसियसन (आइटा)ले उपलब्ध गराएको तथ्यांकको आधारमा हेन्लीले नयाँ रिपोर्ट सार्बजनिक गरेको हो। हेन्लीको रिपोर्टअनुसार सन् २०२२ का लागि जापान र सिंगापुरको राहदानी संसारकै बलियो राहदानीको सूचीमा परेको छ।
अफगानिस्तान र इराकको राहदानी भने संसारकै खराब राहदानीको सूचीमा परेको छ। जर्मनी, दक्षिण कोरिया, अमेरिका, बेलायत, इटाली, स्पेन, पोर्चुगल, स्विजरल्याण्ड पनि यस वर्षको शक्तिशाली राहदानीको सूचीमा रहेका छन्।