२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण,संक्रमितको संख्या १०२ पुग्यो

नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण,संक्रमितको संख्या १०२ पुग्यो

नेपालगञ्जमा थप एकजनामा कोरोना काेभिड-१९ संक्रमण पुष्टि भएको छ। बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएको हाे।

संक्रमित पुरुषकाे भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणकाे नतिजा पोजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ। जसमध्ये ७४ जना पुरुष र २८ महिला संक्रमित रहेका छन्। त्यस्तै शुक्रवार आठजना काेराेना संक्रमित निकाे भएसँगै निकाे हुनेकाे संख्या २७ पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु