२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ नेपालमा अक्सिजन प्लान्टका लागी प्रवासी नेपाली एकता मंच पोर्चुगलले गर्यो ठूलो धनराशी सहयोग

नेपालमा अक्सिजन प्लान्टका लागी प्रवासी नेपाली एकता मंच पोर्चुगलले गर्यो ठूलो धनराशी सहयोग

विश्वब्यापी रूपमा फैलिरहेको कोरोना महामारीबाट अन्य मुलुकहरू जस्तो नेपाल पनि अछुतो रहन सकेन।

महामारीको समयमा देशका विभिन्न अस्पतालहरूमा अक्सिजन अभाब भईरहेको खबरहरु सार्वजनिक भए लगत्तै हरेक प्रवासी नेपालीहरूले सहयोग स्वरुप रकम सकंलन गर्न लागे।

यसै अनुरुप “मातृभुमीलाई अक्सिजन” भन्ने मुल नाराका साथ प्रवासी नेपाली एकता मञ्च, अन्तराष्ट्रिय कमिटीले पनि नेपालमा ग्याँस प्लान्ट निर्माणको लागी विश्वभरका प्रवास कमिटीहरूलाई सहयोगको लागी अपिल गर्यो।

झन्डै एक करोड पचास लाखको लक्ष्य लिएर संचालन गरेको उक्त अभियानमा लक्ष्य भन्दा बढी रकम सकंलन गर्न सफल भएको बताईएको छ।

यस अभियानलाई सफल बनाई जन्मभुमीमा अक्सिजन प्लान्ट निर्माणको लागी सहयोग गर्ने पबित्र भावनाका साथ प्रवासी नेपाली एकता मंच पोर्चुगलले पनि नेपाली रकम सात लाख छब्बीस हजार (५,१५३.५५)युरो सकंलन गरी प्रवास कमिटीको खातामा पठाईएको संगठन का अध्यक्ष मदन लिम्बूले बताउनु भयो।

जुन १२ तारिख शनिबार सगंठनको फेसबुक पेजबाट संकलित रकम सार्वजनिक गर्दै अध्यक्ष लिम्बुले अहोरात्र खटेर सहयोग सकंलन गर्ने सगंठनका वर्तमान पदाधिकारीहरू ,निवर्तमान पदाधिकारीहरू र सम्पूर्ण सहयोगी मनहरूमा धन्यवाद व्यक्त गर्नु भएको छ।

यति मात्र नभई पोर्चुगलमा रहेका अन्य सामाजिक संघ -संस्थाहरूले पनि सहयोग सकंलन गरी आ- आफ्नो जिल्ला वा क्षेत्रमा आर्थिक सहयोग गरेका छन्।

एक पटकको नेपाली सधैको नेपाली, विश्वको जुनसुकै भुगोलमा रहेपनि देशमा संकट आईपर्दा प्रवासी नेपालीहरू सक्दो सहयोगमा जुटिरहेका हुन्छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु