गृहपृष्ठ नेपालमा आजदेखि कोरोना विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु हुने
नेपालमा आजदेखि कोरोना विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु हुने

सरकारले आजदेखि कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ गतेबाट विभिन्न चरणमा खोप अभियान सञ्चालन गर्ने योजना अनुसार आजदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न लागेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दोस्रो चरणको खोप अभियान अन्तर्गत सञ्चारकर्मी, यातायात क्षेत्रका कर्मचारी, बैंकका कर्मचारी लगायतलाई कोरोना विरुद्धको खोप लगाइने बताए ।
उनले देशभर तोकिएका खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउन सकिने भन्दै सरकारी कार्यालयबाट परिचय खुल्ने र सम्बन्धीत कार्यालयको आधिकारिक प्रमाणपत्र सहित खोप केन्द्रमा गएर खोप लगाउन सकिने प्रस्ट पारे ।