गृहपृष्ठ नेपालमा आज मात्रै झण्डै ५ हजार जना निको भए,२ हजार १६ जनामा थप कोरोना संक्रमण पुष्टि
नेपालमा आज मात्रै झण्डै ५ हजार जना निको भए,२ हजार १६ जनामा थप कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९१४ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ८१ हजार ३२७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप २,०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै १८१ जना छन्। यस्तै, ललितपुरमा ४३ र भक्तपुरमा २५ संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा नौ हजार ८१० स्वाब नमुनाको परीक्षण गरिएकोमा २,०१६ जनाको नतिजा पोजिटिभ आएको हो। ४,७०४ नमुनाको पीसीआर परीक्षण गर्दा १,१७४ र ४,८०६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४२ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८,९७५ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।