गृहपृष्ठ नेपालमा एकैदिन ७ सय ४० संक्रमित थपिए,हालसम्मकै उच्च रेकर्ड
नेपालमा एकैदिन ७ सय ४० संक्रमित थपिए,हालसम्मकै उच्च रेकर्ड

नेपालमा एकै दिन ७ सय ४० जना वेक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
यो हालसम्मकै उच्च रेकर्ड भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतम दिएको पछिल्लो अपडेट अनुसार एकैदिन ७४० जना मानिसमा कोरोना संक्रमण देखिएको हो।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।
यो सँगै निको भएर फर्किने कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ भने हालसम्म कोरोनाकै कारण ३२ जनाले ज्यान गुमाइसकेका छन् ।