२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ नेपालमा एक १९ बर्षिय युवतीमा कोरोना संक्रमण भएको पुष्टि

नेपालमा एक १९ बर्षिय युवतीमा कोरोना संक्रमण भएको पुष्टि

यतिबेला विश्वनै कोरोना भाइरसबाट आक्रान्त बनिरहेको सन्दर्भमा नेपालमा पनि एक जना १९ बर्षिय युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

आजै स्वास्थ मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन मार्फत सो कुराको पुष्टि गरेका हुन् ।उनी केही दिन अघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्।नेपाल आएलगत्तै उनमा कोरोना सम्बन्धि केही लक्षण देखा परेको थियो।उक्त आधारमा काठमाडौं स्थित टेकु अस्पतालमा उनको परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो।उनका परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखीएको मन्त्रालयले जानकारी दिएको छ।स्वास्थमन्त्री ढकालले यस घटनाबाट नआत्तिन र थप संक्रमण हुन नदिन सबैलाई विशेष अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु