गृहपृष्ठ नेपालमा कोरोना जोखिम बढ्दोक्रममा,विद्यालयहरु बन्द हुने
नेपालमा कोरोना जोखिम बढ्दोक्रममा,विद्यालयहरु बन्द हुने

कोरोना भाइरसको जोखिम बढेपछि १५ माघसम्म देशभरका विद्यालय बन्द हुने भएको छ।
विद्यालयका बालबालिकामा कोरोना भाइरस फैलिएको तथ्यका आधारमा सरकारले बन्द गर्ने निर्णय लिएको हो।आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय बन्दको आग्रह गरेको छ।
त्यसलाई मध्यनजर गरी विद्यालयहरु बन्द हुन लागेको हो।हिउँदे बिदालाई समेत मध्यनजर गरी १५ माघसम्म बिदा लम्ब्याउने गरी विद्यालयहरुले तयारी गरिसकेका छन्। कतिपय विद्यालय बन्द अवस्थामै छन्।