२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ नेपालमा कोरोना महामारी तिब्ररुपमा फैलिदै,समयमै सावधानी नअपनाए अवस्था विकराल हुन सक्ने

नेपालमा कोरोना महामारी तिब्ररुपमा फैलिदै,समयमै सावधानी नअपनाए अवस्था विकराल हुन सक्ने

नेपालमा कोरोना महामारीले तिब्र रुप लिएको देखिन्छ।दिनप्रतिदिन हरेक जिल्लामा कोरोना संक्रमितको संख्या माकुराको जालो जस्तो फैलिएको छ भने अर्कोतिर कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ।

समयमै उच्च सावधानी नअपनाउने हो भने छिमेकी देश भारतको जस्तो अवस्था नआउला भन्न सकिन्न।

खासगरी आमनागरिकनै बढी चनाखो हुनुपर्ने अवस्था देखिन्छ:

धेरै संख्यामा घुलमिल नहुने,भेट्घाटलाई कम गर्ने,बिबाह,पार्टी ,भोजभतेरमा संलग्न नहुने,सरकारले भनेको मापदण्ड पालना गर्ने हो भने संक्रमणबाट धेरै हदसम्म जोगिन सकिन्छ।

आज मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो आँकडा अनुसार थप ३४ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ७ सय २७ जना थप व्यक्ति संक्रमित थपिएका छन्।

यो संख्या थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु