२०७९ असोज १७ गत सोमवार | October 03, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

सुर्खेतका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ।उनको मृत्यु सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुने संख्या ११ पुगेको छ।

सुर्खेतको पन्चपुरी नगरपालिकाका ती युवाको बुधबार राती नै मृत्यु भैसकेको थियो।यसअघि उनी १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्केका थिए।

यद्यपि पुन:ज्वोरो र खोकी लागेपछि उनलाई त्यहाँको स्थानीय अस्पतालमा भर्ना गरिएको थियो।अस्पतालको आइसोलेसनमा उपचारकै क्रमममा उनको निधन भएको थियो भने मृत्यु लगत्तै पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।

उनको शव ब्यबस्थापन गर्नका लागि आवश्यक तयारी भैरहेको कर्णाली प्रदेश स्वास्थ निर्देशनालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु