गृहपृष्ठ नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १८ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १८ पुगेको छ।वीरगन्जमा मृत्यु भएका २ जनामा कोरोना भाइरस पुष्टि भएसँगै ज्यान जानेको संख्या १८ पुगेको हो।
वीरगञ्जको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बारा निजगढका ५ वर्षीय बालक र वीरगञ्जको घण्टाघरमा मृत अवस्थामा फेला परेका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।
निमोनियाबाट सिकिस्त बालकको आरडीटी पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । यसैगरी यसअघि वीरगञ्जको नेशनल मेडिकल कजेलमा मृत्यु भएका बारा जिल्लाका एक वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो।पछिल्लो समय संक्रमणदर उच्च हुँदा मृत्युको संख्या पनि बढ्ने देखिएको छ।