२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८० पुग्यो

पछिल्लो २४ घण्टामा देशभर नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्ण मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन जना महिला र छ जना पुरुष रहेका छन्।

जसमा काठमाडौंका ४१ वर्षीय पुरुष, ५९ वर्षीय पुरुष र ६५ वर्षीय पुरुष रहेका छन्।त्यसैगरी पर्साका ७५ वर्षीय पुरुष, महोत्तरीका ७८ वर्षीय पुरुष र रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन्।

यस्तै मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षीया महिला र नवलपरासीकी ३७ वर्षीया महिला रहेका छन्। योसंगै देशभर कुल मृतकको संख्या २ सय ८० पुगेको छ।

त्यस्तै आज मात्रै १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु