२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ नेपालमा कोरोना संक्रमण संख्या भारी मात्रामा वृद्धि ,झन्डै ९०० हाराहारीमा संक्रमित संख्या

नेपालमा कोरोना संक्रमण संख्या भारी मात्रामा वृद्धि ,झन्डै ९०० हाराहारीमा संक्रमित संख्या

नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ८८६ पुगेको छ। तीमध्ये १८३ जना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म कोरोना भाइरसका कारण ४ जनाको निधन भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार रौतहटमा ३५, बागलुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रुकुमपूर्वमा ३ जनामा स्ंक्रमण पुष्टि भएको हो।उच्च मात्रामा संक्रमण फैलिदा जनमानसमा थप त्रास उत्पन्न भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु