गृहपृष्ठ नेपालमा कोरोना संक्रमण संख्यामा उच्च वृद्धि ,१६ जनाको ज्यान गयो
नेपालमा कोरोना संक्रमण संख्यामा उच्च वृद्धि ,१६ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ४६२ र एन्टिजेन विधिबाट ५ हजार ७२५ जनामा परिक्षण गर्दा १० हजार २५४ जनामा कोरोना संक्रमण देखिएको हो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ४७९६ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १२ हजार ४९जना पुगेको छ।
यस्तै, आज थप ७०८ जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २० हजार २८३ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १६ को मृत्यु भएको जानकारी छ। नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५१ छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ।