Covid-19
City Express

नेपालमा कोरोना संक्रमित संख्या ११ हजार नाघ्यो,आज मात्रै कोरोनाका कारण २ को ज्यान गयो

नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण फैलिरहेको पछिल्ला तथ्यांकहरुले देखाइरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाकै कारण थप २ जनाले ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा स्याङ्जाका ५५ बर्षिय पुरुष र अर्का एक जना ललितपुरका ५० बर्षिय पुरुष रहेको मन्त्रालयले उल्लेख गरेको छ।नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ११ हजार १ सय ६२ पुगेको छ भने हालसम्म २६ को मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु