गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय भन्दा माथी,आज मात्रै ३१६ संक्रमित थपिए
नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय भन्दा माथी,आज मात्रै ३१६ संक्रमित थपिए

नेपालमा कोरोना प्रभाव तिब्रगतिमा फैलिएको पछिल्ला तथ्यांकहरुले देखाइरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएअनुसार आज मात्रै ३ सय १६ जना संक्रमित थपिएका छन् भने हालसम्म कोरोनाका कारण २९ को ज्यान गैसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ९ महिला र ५१ पुरुष गरी ६० जना कोरोनामुक्त भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १९४ पुगेको छ।नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।