गृहपृष्ठ नेपालमा कोरोना संक्रमित संख्या १४ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमित संख्या १४ हजार नाघ्यो

नेपालमा हरेक दिन कोरोना संक्रमित संख्या तिब्ररुपमा वृद्धि भैरहेको देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार आज मात्रै ४ सय ८२ संक्रमित थपिएका छन् भने थप एक जनाको कोरोनाकै कारण ज्यान गएको छ।
संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १४ हजार ४६ पुगेको छ भने हालसम्म मृत्यु हुने संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
विभिन्न जिल्लामा गरेर आज मात्रै १ हजार ४ सय ६२ जना मानिस कोरोना मुक्त भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत बताए।