२०७९ असोज ६ गत बिहीवार | September 22, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि ,आजमात्रै थप दुईको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि ,आजमात्रै थप दुईको मृत्यु

नेपाल सरकारले बन्दाबन्दिको समय अन्त्य गरेको घोषणा गरेसँगै कोरोना संक्रमितको संख्या उच्च मात्रामा वृद्धि भएको छ।

पछिल्ला केही दिनयता सुरक्षाक्रमीदेखि आम सर्वसाधारणमा कोरोना संक्रमण थप फैलिएको देखिन्छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ३ सय १५ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार८६ पुगेको छ। कोरोना संक्रमणका कारण आज मात्रै थप २ जनाले ज्यान गुमाएका छन्।मृत्यु हुनेमा वीरगन्जका ६८बर्षिय र ५० बर्षिय दुबै महिला रहेका छन्।यो सँगै मृत्युको हुनेको संख्या ५८ पुगेको छ। उनिहरुको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ४९२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु