गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो,आज थपिए ६३८ संक्रमित
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो,आज थपिए ६३८ संक्रमित

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमित संख्या ह्वात्तै बढेको छ।सरकारले बन्दाबन्दिको अन्त्य गरेसँगै यस्तो बढेको हो।
पछिल्लो २४ घण्टामा ६३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ।थप चारजनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ८३ पुगेको मन्त्रालयले जनाएको छ।