गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार नाघ्यो,थप १ जनाको ज्यान गयो
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार नाघ्यो,थप १ जनाको ज्यान गयो

नेपालमा मंगलबार थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने हालसम्म दुई हजार ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ। त्यस्तै थप २५९ जना कोरोनामुक्त भएका छन्।