गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रममा,आज मात्रै ८ हजार ८५० थपिए
नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रममा,आज मात्रै ८ हजार ८५० थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ।