गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढयो,हालसम्म २०८ जनामा संक्रमण भएको पुष्टि
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढयो,हालसम्म २०८ जनामा संक्रमण भएको पुष्टि

चिन हुँदै युरोप र अमेरिका लगायत मुलुकहरुमा कोरोना भाइरस (कोभिड-१९) ले क्षेतबिक्षतनै बनायो।कसैले बुवाआमा गुमाए भने कसैले छोराछोरी गुमाए।यो दर्दनाक दृश्यले आममानिसलाई पिडा मात्र दिएको छैन सदाकालागि नमिठो छाप बनाएर छोडेको छ।सुरुवाती दिनहरूमा नेपालमा नदेखिएको यो भाइरस अहिले भने धुवाँजस्तै फैलिरहेको देखिन्छ।
मंगलबार एकै दिन ७४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मंगलबार साँझनै थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाए।
यसअघि दिउँसोमात्र ५७ जनामा संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो १७ जनाबारे विस्तृत विवरण आउन बाँकी छ।
सङ्क्रमित भएका ५७ मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन्। यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो। यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो।