गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो

नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
काठमाडौंकाे चन्द्रागिरि नगरपालिकामा पनि अर्का काेराेना संक्रमित थपिएका छन्। चन्द्रागिरि सतुंगलका ७ वर्षीय बालकमा पनि काेराेना संक्रमण रिपाेर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा भने पहिलो पटक काेराेना संक्रमित भेटिएका हुन्।
यस्तै उदयपुरकाे त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाेजेटिभ देखिएको छ। यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या २६७ पुगेको छ ।