२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै

नेपालमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै

नेपालमा लगातार कोरोना संक्रमितको संख्या वृद्धि भैरहेको छ।लकडाउन र रोगको संक्रमण एकातिर छ भने अर्को तर्फ आर्थिक कारोबार पनि प्राय ठप्प छ।

अवस्था सामान्य पक्कै छैन तर परिस्थितिलाई मध्यनजर गर्दै बन्दाबन्दिको नियम पालाना गर्नु पर्ने बाध्यता पनि छ।कतिपय मानिसहरू खानाको अभावमा छट्पटीरहेको सूचनाहरु आइरहेका छन्।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार २०९ जना मानिसमा कोरोना पोजेटिभ देखिएको छ।ती मध्ये शनिबार मध्याह्न सम्म १८९ जनामा संक्रमण पुष्टि भएको थियो भने साझ थप १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा उक्त १९ जनामा कोरोना पुष्टि भएको हो।२०९ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १४ सय २० पुगेको छ। उच्च मात्रामा वृद्धि भैरहेको अवस्थामा संक्रमण थप फैलिन नदिन सम्बन्धित सबै पक्ष चनाखो हुनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु