गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढयो,अहिलेसम्म संक्रमीत १८ सय ११ पुगे
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढयो,अहिलेसम्म संक्रमीत १८ सय ११ पुगे

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्यांक अनुसार नेपालमा थप २ सय ४४ जना मानिसमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।अस्पताल भर्ना भएका मध्ये २ सय २१ जना निको भएर घर फर्किएका छन् भने हालसम्म ८ जनाको ज्यान गएको छ।
मन्त्रालयले दिएको रिपोर्ट अनुसार १ हजार ५६९ जना मानिस विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत छन्।दिनानुदिन भारतीय नाकाहरुबाट सयौं संख्या मानिसहरू भित्रीरहेको अवस्था छ भने अर्कोतर्फ परिक्षणको लागि कीट अभाव हुँदा समयमै संक्रमितको संख्या पत्ता लगाउन पनि हम्मे-हम्मे रहेको देखिन्छ।