गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या तिब्रगतिमा वृद्धि ,आज मात्रै ३ सय ३४ थपिए
नेपालमा कोरोना संक्रमितको संख्या तिब्रगतिमा वृद्धि ,आज मात्रै ३ सय ३४ थपिए

विश्वनै कोरोना भाइरस (कोभिड-१९)बाट आक्रान्त भैरहेको अवस्थामा नेपाल पनि गम्भीर रुपमा प्रभावित हुने छनक देखिएको छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हिजो दिउँसो १२ बजे देखि आज दिउँसो १२ बजे सम्म थप ३ सय ३४ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
थप १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।केही दिनअघि मिसन अस्पतालको आइसोलेसनमा भर्ना भएका पाल्पा पुर्वखोलाका एक ४० बर्षिय पुरुषको ३ दिन अघिनै मृत्यु भएको थियो भने उनको स्वाव परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।
यसरी नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २६ सय ३४ पुगेको छ भने मृत्यु हुने संख्या पनि १० पुगेको छ।