२०७९ असोज १६ गत आइतवार | October 02, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा कोरोना संक्रमित संख्या उच्च गतिमा वृद्धि ,मृत्युदर पनि उकालो लाग्ने क्रममा

नेपालमा कोरोना संक्रमित संख्या उच्च गतिमा वृद्धि ,मृत्युदर पनि उकालो लाग्ने क्रममा

नेपालमा कोरोना प्रभाव जटिलतातर्फ उन्मुख भएको होकि भन्ने आशंका पैदा भएको छ।

दिनप्रतिदिन कोरोना संक्रमित संख्या उकालो लागिरहनु र अर्को तर्फ मृत्यु भएपछि मात्र मृत्युको कारण कोरोना भाइरस संक्रमण पुष्टि हुनुले जनमानसमा थप त्रास उत्पन्न भएको बिस्लेषकहरु बताउछन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण थप १ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणबाट ४६ बर्षिय महिलाको मृत्यु भएको हो।मृतक महिला बाँकेको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा उपचाररत थिइन् भने उपचारकै क्रममा उनको निधन भएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

नयाँ संक्रमीत थपिएसँगै कुल संक्रमीत संख्या ७ हजार १ सय ७७ पुगेको छ भने मृत्यु हुनेको संख्या २० पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु