गृहपृष्ठ नेपालमा कोरोना संक्रमित संख्या झन्डै ८ हजारको हाराहारीमा
नेपालमा कोरोना संक्रमित संख्या झन्डै ८ हजारको हाराहारीमा

नेपालमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।पछिल्लो २४ घण्टामा मात्रै ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। तुलनात्मक रुपमा यो अहिलेसम्मकै उच्च रेकर्ड हो।
त्यस्तै कोरोनाका कारण कैलालीका एक महिला र एक पुरुषले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा कैलालीका ४६ वर्षीय पुरुष र कैलाली कै ४३ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ ।
पुरुषको सेती प्रादेशिक अस्पतालमा असार ३ गते र महिलाको नेपालगंज मेडिकल अस्पतालमा असार २ गते मृत्यु भएको जनाइएको छ। यस सँगै नेपालमा कोरोना भाइरसबाट मर्नेको संख्या २२ पुगेको छ।
त्यस्तै बिहिबार दिउँसो थप ६ सय ७१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ जना पुगेको मन्त्रालयका प्रवक्ता डा।जागेस्वर प्रसाद गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ।
नेपालमा संक्रमित मध्ये १ हजार ३ सय ०३ जना निको भएर घर फर्किसकेका छन् जसमध्ये पछिल्लो २४ घन्टामा १९ जनाले स्वास्थ्य लाभ गरेका हुन्।