२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढिरहेको छ भने कोरोनाका कारण ज्यान जानेको संख्या पनि बढ्दो छ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको ताजा विवरण अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४२१ जना नयाँ संक्रमित थपिएका छन्।

आज मात्रै विभिन्न अस्पतालमा उपचार गराइराखेका १९४ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डाक्टर वासुदेव पाण्डेले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

नयाँ संक्रमित थपिएसँगै कुल संक्रमीत संख्या ९ हजार २६ पुगेको छ भने हालसम्म कोरोनाका कारण २३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु