२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्यामा भारी वृद्धि ,अहिलेसम्म ५१६ पुगे

नेपालमा कोरोना संक्रमितको संख्यामा भारी वृद्धि ,अहिलेसम्म ५१६ पुगे

उपत्यकाको भक्तपुर र मकवानपुरको हेटौंडा लगायतका स्थानमा थप ९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका नमूनामध्ये हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुर-९ का ४२ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हैटौंडामा गरिएको परीक्षणमा बाराको सिमरनगढ नपाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको । मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु