गृहपृष्ठ नेपालमा थप ३६ जना कोरोना संक्रमित फेला,हालसम्म ७० जना अस्पतालबाट डिस्चार्ज
नेपालमा थप ३६ जना कोरोना संक्रमित फेला,हालसम्म ७० जना अस्पतालबाट डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको छ।तुलनात्मक रुपमा बृद्ध-बृद्धा भन्दा पनि युवायुवतीमा बढी संक्रमण देखिएको छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो रिपोर्ट अनुसार आज मात्रै ३६ जना मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृत्युदर हालसम्म स्थिर देखिन्छ।
बाँकेका २७ जनामा, बैतडीमा ४ जनामा, झापा र बर्दियामा एक/एक जनामा कोभिड-१९ को संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले जानकारी दिए ।
सुर्खेत जिल्लामा पनि पहिलो पटक संक्रमण देखिएको छ । त्यहाँ दुईजना पुरुष र १ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको छ।३६ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ। हालसम्म ७० जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।