गृहपृष्ठ नेपालमा थप ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि ,झन्डै उत्तिकै संख्यामा संक्रमण मुक्त
नेपालमा थप ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि ,झन्डै उत्तिकै संख्यामा संक्रमण मुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा थप ८ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् भने पछिल्लो २४ घन्टामा १ सय २९ जनाले ज्यान गुमाएका छन्।
यो सँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ।
त्यस्तै मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार आज मात्रै ८ हजार ८ सय ४८ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।