गृहपृष्ठ नेपालमा निरन्तर उकालो लाग्दै कोरोना संक्रमित संख्या
नेपालमा निरन्तर उकालो लाग्दै कोरोना संक्रमित संख्या

कोरोना भाइरसले विश्वनै अस्तव्यस्त बनाइरहेको अवस्थामा शुरूवातिचरणमा नेपाल भने केही सुरक्षित जस्तो देखिएको थियो।
यद्यपि पछिल्ला दिनहरूमा कोरोनाले च्यापेका देशहरू नियन्त्रणमा आएको देखिन्छ भने नेपालमा तिब्रगतिमा फैलिरहेको बिभिन्न तथ्यांकहरुले देखाएका छन् ।
पछिल्लो विवरण अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।६ जना संक्रमित थपिएसँगै संक्रमण हुनेको संख्या २४९ पुगेको छ।
वृद्धिदरको अनुपात विश्लेषण गर्ने हो भने नेपालमा तत्कालै कोरोना भाइरस नियन्त्रणमा आउने कुनै सम्भावना देखिदैन ।