गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाको ज्यान गयो,संक्रमण संख्यामा उच्च वृद्धि
नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाको ज्यान गयो,संक्रमण संख्यामा उच्च वृद्धि

नेपालमा बुधबार थप आठ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ।
बुधबार अपरान्ह स्वास्थ्य मन्त्रालयद्वारा अद्यावधिक विवरणअनुसार यो जानकारी दिइएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार थप थप ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।