Covid-19
City Express

नेपालमा बिहीवार थपिए ३ हजार ६ सय ३७ कोरोना संक्रमित

नेपालमा बिहीवार ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार २१५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ।थप २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ।यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१२ पुगेको मन्त्रालयले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु