गृहपृष्ठ नेपालमा लकडाउनको अवधि साउन ७ सम्मका लागि थपियो
नेपालमा लकडाउनको अवधि साउन ७ सम्मका लागि थपियो

नेपालमा लकडाउनको अवधि पुनः थप्ने निर्णय गरिएको छ।सोमबार बसेको मन्त्रीपरिषद बैठकले साउन ७ गतेसम्मका लागि लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।
अहिले जोर-बिजोर प्रणाली अपनाएर केही मात्रामा गाडीहरु आवतजावत गर्न दिइएको छ भने मानिसहरूलाई सर्त पालना गरेर मात्र बाहिरी काम गर्न सरकारले निर्देशन दिएको छ।
त्यस्तै अन्तर्राष्ट्रिय उडान बन्द पनि यथावत कायम राख्ने सरकारले जनाएको छ।लकडाउन कहिले खुल्ने र पुर्ववत अवस्थामा मानिसको जनजीवन फर्काउने सन्दर्भमा अहिलेनै केही भन्न नसकिने सरकारका एक मन्त्रीले बताए।